Techie IT
आईतबार, असोज १०,२०७८

वडाध्यक्षमाथि भएको आक्रमणको पुर्वराज्यमन्त्री खड्काद्धारा भत्सर्ना


स‌खुवासभाको खाँदबारी नगरपािलका ५  का कार्यवहाक वडाध्यक्ष श्याम निरौलामाथि खुकुरी प्रहार भएको घटनाको पुर्वराज्यमन्त्री दिपक खड्काले भत्सर्ना गर्नुभएको छ । खुकुरी प्रहारबाट सख्त घाइते भएका निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ ।
विज्ञप्तिको पूर्णपाठ 
प्रेस बिज्ञप्ति 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, संखुवासभाका सदस्य, नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष एवम खाँदबारी नगरपालिका वडा नं. ५ का का.वा. वडाध्यक्ष माल्टा निवासी युवा नेता श्री श्यामप्रसाद निरौला माथि हत्या गर्ने मनसायका साथ भएको कयरतापुर्ण सांघातिक आक्रमणको खबरले म स्तब्ध भएको छु ।
निरौला लाई गएराती करिव ८ बजे वडा कार्यालय नजिकै खुकुरी लगायत धारिला घरेलु हतियार प्रयोग गर्दै मरणासन्न हुनेगरी कुटपिट समेत गरि गम्भीर घाइते तुल्याइएको छ ।
यस प्रकारको बर्बरतापुर्ण जगन्य अपराधको म घोर निन्दा र भत्सर्ना गर्दछु । यो अपराधीक कार्यमा सङ्लग्न जोसुकै भएपनी पक्राउ गरि अबिलम्ब कानुनी कर्बाहिको दाहेरामा ल्याइ कडा भन्दा कडा कार्बाही गर्न स्थानीय प्रशासन समक्ष म जोड्दार माग गर्दछु । कुनै पनि बाहानाम अपराधीहरु लाई संरक्षण गर्ने वा जोगाउने कार्य भएमा बाध्य भएर परिस्थिति प्रतिकार्बही तर्फ जाने र यसले भयाभय स्थिति निम्तिन सक्ने तर्फ समेत सचेत गराउन चाहान्छु । सथै उपचारत गम्भीर घाइते युवा नेता श्याम प्रसाद निरौला को सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
मा. दिपक खडका
पुर्बराज्यमन्त्री तथा संबिधान सभा सदस्य

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्