Techie IT
बिहीबार, कात्तिक १३,२०७७

वडाध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ


संखुवासभा– खाँदबारी नगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन् । शुक्रबार राति ८ बजे वडा कार्यालय नजिकै निरौलामाथि स्थानीय बीरबहादुर तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

खुकुरी प्रहार गर्ने युवा तामाङलाई गाउँलेहरुले समातेर जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बुझाएको छ ।

अहिले कार्यवाहक अध्यक्ष निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । पछाडिबाट खुकुरी प्रहार गरिएका निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले कार्यवाहक अध्यक्ष निरौला खतरामुक्त रहेको र टाउकोमा १० टाँका सिलाइ भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।

कार्यवाहक अध्यक्षमाथि के कति कारणले आक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!