Techie IT
शुक्रबार, असोज ८,२०७८

सरकारको आगामी कार्यदिशा ः स्वास्य, शिक्षा , रोजगारी र आर्थिक पुनरुत्थान


काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसदको दुबै सदनको वैठकलाई सम्बोधन गदै आगामी आर्थिक वर्ष ०७७ ÷ /०७८ को नीति तथा कार्यक्रममा सरकारको अबको कार्यदिशा स्वास्थ्य , शिक्षा , रोजगारि र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने जाकारी दिनुभएको छ ।

उहाँले कोरोना भाइरसले राष्ट्रको अर्थतन्त्रमा नराम्रो प्रभाव पारि “सुखी नेपाली ,समृद्ध नेपाल ”को राष्ट्रिय आकांक्षामा नराम्रो धक्का लागेता पनि सबै मिलेर यो भाइसरसँगको लडाई जित्ने आशा राख्दै जनताको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सरकारको नीति र कार्यक्रमहरु निकै स्पष्ट , पारदर्शी र परिणाममुखी रहेको बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी योजना रहेको पनि जनाउनुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका संक्षिप्त बुद्धाहरु—
स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रमः–
— सातै वटा प्रदेशमा सरुवा रोग अस्पताल बनाइने
— प्रत्येक प्रमुख राजमार्गमा ट्रमा सेन्टरको स्थापना गरिने
— कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षा अध्ययन गर्ने केन्द्र बनाइने
— महिलाहरुको पाठेघरको रोग सम्बन्धि उपचार , रोगथामका लागी विषेश ध्यान दिइ सेवा प्रदान गरिने , देशभर उच्च सतर्कताका       लागी  कार्यक्रम ल्याइने
— नागरिकलाई शारीरिक तथा योग अभ्यासमा आकर्षण गराइने

— कलेजो प्रत्यारोपण सुरु भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आगामी आर्थिक नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिने
— मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल हृदयकेन्द्रमा बाल मुटुरोगको पहिचान परीक्षण र उपचार गर्न संस्थागत व्यवस्था गरिने
— अन्तर्राष्टिय विमानस्थल र अन्तर्राष्टिय सीमाका प्रमुख नाकाहरुमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टाइन गृह स्थापना गरिने
— वरेन्द्र शैनिक अस्पताललाई आपतकालीन अवस्थाका घाइतेलगायत सबै प्रकारको स्वास्थ्य उपचार सक्ने सुविधा सहितको स्तरोउन्नती गरिने

शिक्षा क्षेत्रका नीति तथा कार्यक्रमः—

— स्नातकोत्तरहरुलाई देशको शैक्षिक विकास तथा शैक्षिक क्षेत्र र राष्ट्रकै स्तरोन्नती गराउने विषयमा व्यापक रुपमा परिचालन गरिने
— देशभित्रै अन्तर्राष्टियस्तरको शिक्षा र सेवा उपलव्ध गराउन पूर्वाधारहरुको विकास गर्ने
— सार्वजनिक विद्यालयहरूलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाइनेछ। सार्वजनिक विद्यालयको समग्र सुधारका लागि सार्वजनिक विद्यालय सबलीकरण दशक २०७६९८५ अभियान सञ्चालन गरिनेछ।
— स्वदेशमै विज्ञान र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्नसक्ने विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरू तीब्र रूपमा अघि बढाइनेछ।
— चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश अभियान सञ्चालन गरी स्नातकोत्तर युवाहरूलाई विकास निर्माण तथा शैक्षिक विकाससम्बन्धी काममा मुलुकभर परिचालन गरिनेछ।
— प्राविधिक जनशक्तिको अभाव हटाउन प्राविधिक शिक्षा विस्तार गरिनेछ
— विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ

रोजगारीका क्षेत्रतर्फः—
— दक्ष श्रमिक, कामको सम्मान, स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन यस सरकारको प्रमुख श्रम नीति हुनेछ
— शिक्षित बेरोजगार युवाहरूलाई शैक्षिक प्रमाणपत्रको आधारमा प्रोजेक्टमा आधारित सुरुवाती पुँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न प्रोजेक्ट निर्माणमा समेत सहयोग गरी उत्प्रेरित गरिनेछ।
— बेरोजगारहरूको सम्भावित पङ्क्तिलाई व्यावसायिक कृषि, बृहत् भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ।
— स्थानीय रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरूका बीच सम्पर्क स्थापित गरी रोजगारी प्राप्तिमा सहयोग गर्नेछ।
— आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र लोपोन्मुख जातिका नागरिकहरूको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिनेछ।
— अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैनू। यो सरकारको प्रतिबद्धता हो।

आार्थिक पुनरुत्थान तर्फ ः

— आगामी आर्थिक बर्षमा सरकारले कृषि क्षेत्रमा थप आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्घिमा जोड दिनेछ।स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं अभियान सञ्चालन गरिनेछ

— ठूला पूर्वाधारलगायतका उत्पादनशील क्षेत्रका परियोजनाहरूमा थप विदेशी लगानी आकर्षित गरिनेछ
— राष्ट्रिय आय र बचत वृद्धि गरी लगानीको आधार सबल बनाइनेछ।
— आन्तरिक राजस्वलाई सार्वजनिक स्रोतको प्रमुख आधार बनाइनेछ।
— सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको लगानी उत्पादनमूलक र उच्च प्रतिफलयुक्त कार्यक्रम तथा आयोजनामा केन्द्रित गरिनेछ।
— सरकारी क्षेत्रबाट हुने पुँजीगत खर्चको गुणस्तरीयता कायम गरी पुँजी तथा सम्पत्ति निर्माण गरिनेछ।
— फजुल र अनुत्पादक खर्चलाई कटौती गरी चालु खर्चमा मितव्ययिता कायम कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रूपमा विकास गर्नेछ गरिनेछ।
— सरकारले भूमि उपयोगविहीन रहने स्थितिको अन्त्य गर्ने नीति लिएको छ। सार्वजनिक वनक्षेत्र, सडक तथा राजमार्गका किनारा, नदी उकास र उपयोगविहीन सार्वजनिक सरकारी जमिनमा फलफूल र अन्य बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिनेछ।
— निजी बाँझो जग्गा, खेतबारीका कान्ला र आलीमा समेत दलहन, तरकारी, फलफूल र अन्य बिरुवा लगाउन आम कृषकलाई अभिप्रेरित गरिनेछ।
— सहरी क्षेत्रमा करेसाबारी, कौसी र गमला खेती प्रवर्द्धन गरिनेछ।
— प्राकृतिक वरदानका रूपमा रहेका भूधरातल, जलवायु र जैविक विविधताको अधिकतम उपयोग गरी पोषक र औषधीय गुण भएका उच्च मूल्यका कृषि वस्तुको व्यावसायिक उत्पादन गर्न कृषकहरूलाई प्रोत्साहन गरिनेछ।
— भूमि, पुँजी र प्रविधिको संयोजनमार्फत् कृषि भूमिको सदुपयोग गरी कृषिको व्यावसायिक उत्पादन बढाउन भूमि बैङ्कको स्थापना गरिनेछ।
— प्रदेश र स्थानीय तहसँगको समन्वयमा स्थानीय स्रोत साधनको उपयोग गरी कृषि तथा गैर कृषि उत्पादन, प्रशोधन, रोजगारी सिर्जना र स्थानीय समृद्धिको आधारको रूपमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरूलाई अभियानको रूपमा विस्तार गर्न अभिप्रेरित गरिनेछ।

— पर्यटन क्षेत्रमा कोभिड  १९ ले पारेको प्रभाव र बाह्य कारणसमेतले पार्ने प्रभावको अध्ययन गरी पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गर्नेछ।

— काठमाडौं उपत्यकाभित्र चार वटा आधुनिक उपसहर विकास गर्ने कार्य सुरु गरिनेछ। उपत्यकासँग जोडिएका उपयुक्त स्थानमा प्राथमिकताका साथ व्यवस्थित सहरीकरणको पूर्वाधार निर्माण गरिनेछ।

— पुनर्निर्माणको बाँकी सबै कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ।

— आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाई स्थिरता, स्थायित्व र विकासमा सञ्चारजगत्को योगदान प्रवर्द्धन गर्न कानुनी र संस्थागत सुधार गरिनेछ। पत्रकार दुर्घटना बिमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीहरूको हितमा परिचालन गरिनेछ।

— लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ। तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।आदी।


क्याटेगोरी : समाचार
ट्याग : #नीति तथा कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्