संघद्धारा दैनिक छ सयलाई निःशुल्क खाना

काठमाडौँ, २४ वैशाख । बन्दाबन्दी (लकडाउन) को समयमा नेपाल स्वयसेवक संघले निःशुल्क खाना खुवाइरहेको छ ।
गत चैत १५ गतेदेखि भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा पुगेर निःशुल्क रुपमा खाना खुवाइरहेको संघका अध्यक्ष सन्तोष निरौलाले जानकारी दिएका छन । उनले लकडाउनमा कोही पनि भोकै वस्न नपरोस् भनेर खाना खुवाउन थालेको बताए ।
उनले वाटोमा अलिपत्र परेका मानिस, मजदुर, विद्यार्थी, कोठामा बस्ने र अस्पतालका विरामीलाई खाना खुवाइरहेको बताए ।
संघले विहान ९.३० देखि १२ र साँझ ५ः३० बजेदेखि ९ बजेसम्म भक्तपुर, ठिमी, सूर्यविनायक, भक्तपुर क्यान्सर अस्पताल र कोटेश्वरका विभिन्न स्थानमा पुगेर खाना खुवाउने गरेको छ ।
“पकाएको खाना गाडीमा राखेर ति स्थानमा जाने गरेका छौ” संघकी उपाध्यक्ष सिता सुवेदीले भनिन । “अनि बाटोमा हिडिरहेका मानिस र मजदुरलाई खाना दिन्छौ ।” उनले विभिन्न संघसंस्थासंग खाद्यान्न मागि खाना बनाएर खुवाएको बताइन् ।खानामा दाल, तरकारी, भात र अचार रहने गरेको छ । खाना खानको लागि प्लाष्टिकका सामान प्रयोग गरिएको हुन्छ ।उनका अनुसार खाना खुवाउनका लागि ३० जना स्वयसेवक परिचालन गरिएको छ ।
पहिले दैनिक १५० जनालाई खाना खुवाउदै गरेकोमा अहिले ६ सय जना पुगेका छन् । विहान तीन सय जना हुन्छन भने साँझ पख भने मानिसहरुको संख्या बढ्ने गर्दछ ।
संघले २०७२ सालको भूकम्प र विभिन्न ठाउँमा गएको बाढी पहिरोमा समेत यसैगरी खाना खुवाउने गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बन्दाबन्दी
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्