कोरोनाको कहर ः सहकर्मीलाई राहत

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करीब १०० पत्रकारलाई आइतबार राहत वितरण गरेको छ । शाखाले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, नून, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो ।
शाखाका अध्यक्ष शन्तराम विंडारीले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र पारदर्शी बनाएर समाजमा सत्य तथ्य सूचना प्रवाहमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै अभाव, दवाब र प्रभाव विनाको पत्रकारिताको खाँचो औँल्याउनु भयो । उहाँका अनुसार स्थानीय तहले वितरण गरेको राहतमा पत्रकारको प्रत्यक्ष पहुँच नभएकाले काठमाडौँ शाखाले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको हो ।
उपत्यका प्रदेश समिति सचिव विष्णु आचार्य, शाखाका पूर्वसभापति ईश्वरी वाग्ले, पत्रकार चक्रपाणि नेपाल, भावना विद्रोही, केबी सम्राट, फणीन्द्र फुयाँल, कृष्ण लेकाली, कालिका महत लगायतले कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सङ्कुचन भई नकारात्मक प्रभाव पर्ने हुँदा पत्रकारिता क्षेत्रले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । शाखाका उपाध्यक्ष सूर्य सुवेदीले दुःख पाएका सबै नागरिकलाई मानवीयताका आधारमा राहत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच ट्राइकोट इन्डस्ट्री प्रालिका प्रतिनिधि रवि पौडेलले पाँच थान व्यक्तिगत सुरक्षा सामग्री उक्त शाखालाई हस्तान्तरण गर्नुभयो । दैनिक घटनाक्रमको समाचार सङ्कलनमा क्रियाशील रहने शाखाका १५ सदस्यलाई ‘कोरोना बीमा’ गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राहत वितरण
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्