मासुको मुल्यमा एकरुपता गर्न व्यवसायीलाई टोखा नगरपालिकाको पत्रचार

न्यूज अफ टोखा काठमाडौँ । टोखा नगरपालिका २ नं वडा कार्यालयले राँगाको मासुको मुल्य निर्धारण गरी सोही अनुसार बिक्रि वितरण गर्न मासु व्यवसायी तथा खुद्रा मासु बिक्रेताहरुलाई पत्रचार मार्फत निर्देशन गरेको छ ।
कोभिड १९ महामारी विश्वमा फैलिरहेको बेलामा मासु व्यवसायीहरुले मनपरि मुल्य लिने गरेको भन्दै जनगुनासा आउन थाले पछि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित खाद्यान्न सामाग्री व्यवस्थापन तथा अनुगमन उपसमितिले अनुगमन पश्चात दिएको जानकारीको आधारमा वडा कार्यालयले राँगाको मिश्रित मासु प्रति के.जी ३२०।- र फल मासु ३७०।- मुल्य निर्धारण गरी मासु व्यवसायीहरुलाई पत्रचार गरिकएको वडा कार्यालयले जानाएको छ ।
कोभिड-१९ विषम परिस्थितिमा मासु व्यवसायी तथा खुद्रा मासु बिक्रेताहरुले मनपरि रुपमा प्रति के.जी रु ४०० देखि ५००।- सम्म लिने गरेको छ ।
लकडाउनको समयमा भीडभाड नगरी समाजिक दुरी कायम गरी स्वस्थकर मासु वडाले निर्दिष्ट गरेको मूल्य भित्र रही बंधशाला मापडण्द अनुसार काम गर्न तथा ग्राहकले देखिने गरी मूल्य सूची राखि बिक्री वितरण गर्न समेत वडा कार्यालयले मासु व्यवसायी तथा खुद्रा मासु व्यवसायीलाई पत्रमार्फत निर्देशन दिएको छ ।
वडाले जारी गरेको पत्राअनुसार कार्य भए नभएको वडास्तरीय खाद्यान्न सामाग्री व्यवस्थापन तथा अनुगमन उपसमितिले अनुगमन गरी अट्टेर गरेको पाइएमा स्थानीय सरकार संचालन ऐन तथा नेपालको पशुबंध ऐन अनुसार कारबाही गरिने वडाले जनाएको छ ।
लकडाउनको विषम परिस्थितिमा मनोमानि ढंगले मासुको मुल्य बढाए सर्वसाधारणहरुलाई मर्कामा पारिरहेको अवस्थामा स्वयं ग्राहकहरु पनि सचेत र जागरुक हुनु पर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मासुको मुल्य
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्