मानसिंह माध्यमिक विद्यालयमा आजदेखि दिनको २ पटक खाना खुवाउने कार्यक्रम सञ्चालन

२० वैशाख, काठमाडौं । तारकेश्वर – १० मा दैनिक ज्यालादारीमा काम गर्ने पिडितहरुलाई खानाको व्यवस्था गरिएको छ । मानसिंह धर्म माविमा आजबाट सुरु भएको खाना वितरण कार्यक्रम लकडाउन अवधिभर र थप केही दिन हुने वडा अध्यक्ष अमृत थापाले बताएका छन् । थापाका अनुसार आज बिहान करिव २३० जनाले खाना खाएका छन् ।
खाना वितरण कार्यक्रममा तारकेश्वर १० का जनप्रतिनिधिहरु, नेकपाका वडा कमिटि र स्थानीय टोल सुधार समितिका पदाधिकारीहरु स्वयमसेवकको रुपमा खटिएर काम गरिरहेका छन् । खाना खानका लागि सामाजिक दुरी कायम गर्दै लाइनमा बस्नुपर्नेछ । खानाका लागि एक दिन अगाडी नै नाम टिपाउनुपर्नेछ । अहिले खाना उपलब्ध गराउन विश्व हिन्दू महासंघले सहयोग गरेको कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।
बिहान १० देखि ११ बजेसम्म र साँझ ६ बजेबाट खाना खाने कार्यक्रम हुनेछ । खाना वितरण कार्यक्रममा महानगरीय प्रहरी गुम्वाले लाइन बसाउन सहयोग गरेका थिए । खाना खाने लाइनमा धेरै जसो बालबालिकाहरु आएका थिए । वडा कार्यालयले यसरी खानाको व्यवस्था गरेको हुँदा स्थानीय पिडितहरु खुशी देखिन्थे । खाना खाने लाइनमा बसेका एक महिला भन्छिन् – घरमा केही नहुँदा खान पाउँदा खुसी लागेको बताइन ।
नेकपाका वडा १० का अध्यक्ष विनोद पौडेलका अनुसार वडा कार्यालयको पहलमा आजदेखि पिडितहरुलाई खुल्ला मेष सञ्चालन गरेर खाना खुवाउने कार्यक्रम गरेको बताएका छन् ।
तारकेश्वर वडा नं. १० ले नगरपालिकाको सहयोगमा राहत वितरण गरेको थियो । दोस्रोपटक टोल–टोलबाट राहत वितरण गर्दा घरभित्र खाना हुनेपनि राहत लिन आएको महसुस भएकोले, खाना नपाएकाहरुको लागि खानाको व्यवस्था गरिएको शिव नगर टोल विकास समितिका अध्यक्ष ऋषी लोहनीले बताएका छन् ।
फरक पत्रबाट
क्याटेगोरी : समाचार
ट्याग : #खाना खुवाउने कार्यक्रम
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्