पचालझरनाका वडाध्यक्ष न्यौपानेले वडावासीकाे कुटाइ खाए

कालीकोट, २० वैशाख । कालीकाेट जिल्लाकाे पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष रत्नलाल न्यौपाने स्थानीयको कुटपिटबाट सख्त घाइते भएका छन् ।
उपभोक्ता समितिको विवाद मिलाउन खोज्दा ५२ वर्षीय न्यौपानेलाई बुधबार दिउँसो स्थानीय ५ युवाले आक्रमण गरेका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वडावासी २१ वर्षीय उमेश, २० वर्षीय पारस, २२ वर्षीय तिलक, २० वर्षीय जनक र १९ वर्षीय कमल न्यौपानेले वडाध्यक्ष न्यौपानेमाथि कुटपिट गरेका थिए ।
स्थानीय मन्दिर (थान) निर्माण उपभोक्ता समितिमा आफ्ना मान्छे नपरेको भन्दै युवाले बुधबार नै वडा सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गरेका थिए ।
उनीहरुलाई सम्झाउने क्रममा वडाध्यक्षमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले मन्दिर निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पचालझरनाका वडाध्यक्ष न्यौपाने
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्