संखुवासभा पत्रकार महासंघलाई प्रेस युनियन सुनसरीले दियो माक्स सेनिटाईजर

संखुवासभा – नेपाल पत्रकार महासंघ संखुवासभालाई नेपाल प्रेस युनियन सुनसरी शाखाले माक्स र सेनिटाईजर उपलव्ध गराएको छ । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले संखुवासभामा रहेको मिडिया हाउस र स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीका लागि माक्स २ सय थान, ५ थान सेनिटाईजर र एन ९५ माक्स उपलव्ध गराएका हुन् । ती सामाग्री पत्रकार दीपेन्द्र शाक्यले महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीलाई शुक्रबार हस्तान्तरण गरे ।

अध्यक्ष गिरीले सुनसरी युनियनका सभापति अधिकारीले पठाएका माक्स संखुवासभामा भएका ८ वटा रेडियो स्टेशन, २ वटा अनलाईन पोर्टल र स्थानीय साप्ताहिक तथा राष्ट्रिय स्तरका सञ्चारकर्मीलाई वितरण गर्ने बताए । यी सामग्रीले समाचार संकलनमा सहज हुने विश्वास उनले लिए । अध्यक्ष गिरीले जिल्लाका स्थानीय तह र उद्योगी व्यापारीले बेवास्ता गरिरहेको अवस्थामा सुनसरी युनियनले पठाएको यी सामग्रीका लागि धन्यवाद व्यक्त गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्