धर्मस्थलीका स्थानीय युवाद्धारा राहात बितरण

तारकेश्वर ६ ले गर्यो मजदुरलाई राहत वितरण !! काठमाडौंको तारकेश्वर ६ मा लकडाउनका कारण दैनिकी टार्न मुस्किल भएकाहरुलाई कोभिड-१९ आपतकालीन खाद्यान्न संकलन तथा वितरण अभियान मार्फत राहत वितरण गरिएको छ ।
स्थानीय युवा, मानवअधिकारवादी हरि तिमिल्सिनाको सक्रियतामा स्थापित खाद्यान्न संकलन तथा वितरण अभियानले ताराकेश्वर ६ का सयजना मजदुर तथा विपन्नलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।
खाद्यान्न संकलन तथा वितरण अभियानले प्रति परिवार १० केजी चामल , आधा केजी दाल, हाफ लिटर खानेतेल र एकपोका नुन वितरण गरेको हो । नगरपालिकाका विभिन्न सहयोगी दातामार्फत संकलन भएको १ सय बोरा चामलसहित दाल, तेल र नुन समस्यामा परेका टोलवासीका घरमै पुगेर वितरण गरिएको थियो ।
आफ्नो टोल छिमेकमा रहेका गरिब, मजदु्र भरियाहरुका लागी लकडाउनले दैनिक ज्याला मजदुरीको काम बन्द भएको र घरमा खाद्य सामाग्री नहुदाँ छाक टार्न अप्ठ्यारो परेकाले खाद्यान्न सामाग्रि हस्तान्तरण गरियको हो ।
आवस्याक पर्ने अन्यहरुलाई समेत खाद्यान्न संकलन तथा वितरण अभियानले सहयोग गर्ने अभियन्ता हरि तिमिल्सिनाले बताएका छन्। राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बिष्णुभक्त तिमिल्सिना, स्थानीय नेताहरु बैकुण्ठ बानियाँ, बिनोद भट्ट, कुमार महत लगाएतको पनि उपस्थिति थियो।
साथै अभियन्ताहरु प्रदिप श्रेष्ठ, सुजित तिमिल्सिना, शुक्रराज बिन्दुकार, रामचन्द्र घिमिरे लगायतको पनि उपस्थिति रहेको जानकारी अभियन्ता हरि तिमिल्सिनाले जानकारी दिएका हुन।
क्याटेगोरी : समाचार
ट्याग : #धर्मस्थलीका स्थानीय युवा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्