Techie IT
बिहीबार, कात्तिक १३,२०७७

विदेशी पर्यटकसँग आएका भरिया संखुवासभामा अलपत्र


संखुवासभा जिल्लाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन् ।

विदेशी पर्यटकका भरियाका रुपमा आएका १५ जना लकडाउनका कारण सभापोखरी गाउँपालिका २ बाह्रविसेमा अलपत्र अवस्थामा छन् ।

उनीहरुसँगै आएका विदेशी पर्यटक फर्किए पनि भरियाहरु अझै सभापोखरी गाउँपालिकामा अलपत्र परेका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो । पास नभएका कारण सभापोखरीको बाह्रबिसेमै उनीहरु रोकिएको अध्यक्ष सुब्बाले बताउनुभयो ।

उनीहरु सँग आएका अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिक चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेका छन्।  उनीहरु अहिले सभापोखरी गाउँपालिकाको प्रहरी चौकी नजिकै ग्राउन्डमा टेन्ट बनाएर बसेका छन् । लक डाउनका कारण ७ जना तँनहु र ८ जना काठमाडौंबाट आएका थिए ।

उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र छन् । उनीहरुलाई सभापोखरी गाउँपालिकाले राहत सामग्री सहयोग गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!