जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति संखुवासभाको संयोजकमा शाक्य

जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्ला बार एसोशियसनका अध्यक्ष उमेश शाक्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको कोभिड–१९ को सन्दर्भमा अनुगमन कार्यविधि अनुसार ५ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन भएको छ ।
जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिमा पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष विनोद सुब्वा गुरुङ,समाज स्पर्श समितिका अध्यक्ष भोला भिषण शाक्य र इन्सेक जिल्ला प्रतिनिधि भविन कार्की सदस्य रहेको बारका अध्यक्ष उमेश शाक्यले जानकारी दिनु भयो । बैशाख १२ गते बसेको जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिमा मनोनित गरेको हो ।
अनुगमन समितीले कोभिड–१९ विरुद्ध लड्न सरकारले गरेका कार्यहरुको अनुगमन गर्न छ । अनुगमन समितीले मानव अधिकारको अवस्था स्थानिय स्तरमा देखिएका समस्यालाई सहजिकरण गर्न तथा सत्य तथ्य घटनालाई राष्ट्रिय मानव अधिकार आयोगलाई सूचना संप्रेषण गर्ने छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्