नेकपा बैठक निष्कर्षविहिन, अर्को बैठक २० गते (प्रेस विज्ञप्तिसहित )

काठमाडौ । नेकपाको बैठक विना निष्कर्ष सकिएके छ । प्रधानमन्त्री निवास वालुवाटारमा ४ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्माओली पक्ष र माधवकुमार नेपाल पुष्पकमल दाहाल बीच मनमाझामाझ गरिएको छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीले अवको निकास दिनुपर्नेमा अन्य सचिवालयका सदस्यले माग राखेका थिए । तर केपी ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री नछाडन अडान लिएका थिए । अर्को बैठक यहि बैशाख २० गतेलाई वोलाइएको छ ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” काे संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्याे ।
बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयाे । सबै सदस्यहरूले अाअाफ्ना धारणाहरू राख्नुभयाे ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेकपा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्