मकैसीङस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई खाद्यसामग्री हस्तान्तरण

गोरखाका, १७ बैशाख । गण्डकी गाउँपालिका वडा नं १ मकैसीङस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई खाद्यसामग्री हस्तान्तरण गरिएको छ।
अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा बिकास हाईड्रोका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र प्रेस संगठन काठमाडौँका संयोजक सागर पन्तको पहलमा उक्त खाद्यसामग्री हस्तान्तरण गरिएको हो।
बुधवार बुटारमा एक कार्यक्रमकावीच २० बोरा चामल, नुन र तेलसहितका खाद्यसामग्री हस्तान्तरण गरिएको संयोजक पन्तले जानकारी दिए।
गण्डकी गाउँपालिका वडा नं १ का प्रतिनिधिको रोहवरमा चेपाङ समुदायका परिवारलाई उक्त राहत हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा नेकपा गण्डकी गाउँपालिकाका अध्यक्ष सिताराम रसाइली, वडा नंं. १ का सदस्य मीन बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो।
उक्त राहत सामग्री लकडाउनले समस्यामा परेका चेपाङ समुदायलाई वडा कार्यालयको रोहवरमा सामानुपातिक रुपमा वितरण गरिने वडा सदस्य सुनारले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी गाउँपालिका
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्