पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि बन्द

पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरिएको छ । उजूरीपछि आज अनुगमन गरी पम्पलाई बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो पम्पबाट नमूना परीक्षणका लागि तेल ल्याइएको र प्रतिवेदन नआउञ्जेल बिक्रीवितरणमा रोक लगाई बन्द गरिएको छ ।
उहाँका अनुसार नियमित बजार अनुगमनका क्रममा आज ललितपुरको खुमलटारस्थित पिपुल होम केयर सेन्टरले मास्कमा बढी मूल्य लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको छ ।
एन–९५ मास्कको खरीद मूल्य रु पाँच सय रहेकामा पिपुल होमले रु आठ सय लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज नै ह्याण्ड वास खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि सीतापाइलास्थित सेलवेज क्यास एण्ड क्यारीलाई रु दुई लाख जरिवाना गरिएको छ ।
खरीद मूल्य रु २८० रहेकामा सेलवेजले रु ३३४ लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पेट्रोल पम्प
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्