तारकेश्वर–१० मा शिव नगर टोल विकास समितिले द्धारा राहत वितरण (फोटो र भिडियोसहित)

काठमाडौं । शिवनगर टोल विकास समितिले राहत वितरण सुरु गरेको छ । तारकेश्वर वडा नं. १० मा सरकारी राहत नपाउनेहरुका लागि राहत वितरण गरिएको कुरा शिवनगर टोल विकास समितिका अध्यक्ष तथा सामाजिक अभियान्ता ऋषि लोहनी बताएका छन् । उनका अनुसार शिव नगरभित्र रहेको २१२ घरबाट अलि अलि बाँकी भएकाहरुले चुल्हो निभिसकेकाहरुका लागि चुल्हो निभ्न नदिने उद्देश्यले आजदेखि राहत वितरण सुरु गरेका छौं । शिवनगर टोल भित्र कोही पनि नागरिक भोकै बस्नु पर्दैन । आज बाँडेर पनि छुट हुन् पुगेकाहरुलाई हामी घर–घरमै पहिचान गरेर खाद्यान्न उपलब्ध गराउनेछौं । वडा कार्यालयको समन्वयमा राहत वितरण गरिएको छ । राहत प्राप्त गर्नका लागि बिरामी, मजदूर, गर्भवती महिला र विद्यार्थीहरुका लागि प्राथमिकता दिइएको छ । आज वितरण गरेको राहत सामाग्ीहरुमा प्रति परिवार १० किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ किलो नुन र २५० ग्राम सोया मसेउरा वितरण गरिएको छ ।
राहत वितरणबारे वडा अध्यक्ष अमृत थापा भन्छन् – वडाभित्रका सबै टोल सुधार समितिहरु आफैं मिलेर सरकारी राहत नपाउनेहरुका लागि राहत वितरण गरेकोमा टोल सुधार समितिहरुलाई धन्यवाद प्रकट गर्दछौं । खान नपाएका वडा भित्रका नागरिकहरुलाई हेरेर टोल–टोलबाट वितरण सुरु गरेका छौं । दुई दिन अघि हिमाली टोलबाट सुरु भएको आज शिव नगर, अब सुर्योदय टोल, एश्वर्य नगर समाज र हिलेटोल हाइटमा वितरण हुँदैछ । अझै केही छुटेकाहरुलाई लोकतान्त्रिक चोकबाट पनि वितरण गरिनेछ । वडा अध्यक्ष थापाले संकटको घडिमा आफ्नो टोल सुधार समितिहरुमा सहयोग गर्ने मनकारी हातहरुलाई धन्यवाद दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #शिव नगर टोल
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्