प्रहरीको अर्को ज्यादतीः कलंकीमा बिरामी माथि निर्घात कुटपिट (भिडियोसहित)

४ वैशाख, काठमाडाैँ । प्रहरीको अर्को ज्यादती बाहिर अाएको छ । हेल्थपाटी डटकका जगन्नाथ ढकालले प्रहरीको अर्को ज्यादतीको भिडियो बाहिर ल्याएका छन । प्रहरीले बिरामी र उनको अफन्त जो अाैषधिसहित हिडिँरहेका थिए उनीहरू माथि नै निर्घात कुटपिट गरेको छ ।
प्रत्यक्षदर्शी समेत रहेका पत्रकार ढकालले भनेका छन ‘म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलंकीमा जे देखेँ त्यो अति नै निकृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफत गर्छाै भनी धम्की पनि दिए ।’
नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं, हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा कुटपिट भएको छ । भिडियो र तस्बीर साैजन्यः जगन्नाथ ढकाल हेल्थपाटी डटकम
क्याटेगोरी : समाचार
ट्याग : #कलंकीमा बिरामी माथि निर्घात कुटपिट
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्