तारकेश्वर नगरपालिकामा बिदेसबाट आएका १५२ को आरडिटि परिक्षण

३ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिकामा आज ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सम्पन्न भएको छ । ११ ओटा वडाको दुई स्थानमा परिक्षण गरिएको थियो ।
तारकेश्वर वडा नं. ४, ५, ७, ८, ९, १० र ११ को वडा नं. १० को शहरि स्वास्थ्य केन्द्र र तारकेश्वर वडा नं. १, २, ३ र ६ को धर्मस्थली स्वास्थ्य चौकीमा ¥यापिड परिक्षण भएको छ ।
तारकेश्वर वडा नं. १० को शहरी स्वास्थ्य केन्द्रमा १०६ जनाको टेष्ट गर्नुका साथै धर्मस्थलि स्वास्थ्य चौकी ता.न.प. ६ मा बाँकीको गरिएको कुरा तारकेश्वर नगर स्वास्थ्य साखाको कम्प्युटर अपरेटर (सहायक पाँचौ स्तर) कल्याण लामिछानेले बताएका छन् । उनका अनुसार कुनैपनि नागरिकमा पोजेटिभ देखिएन । यसबाट तारकेश्वर नगरपालिका अहिलेसम्म कोरोनाबाट सुरक्षित नगर भनेर चिनाउन सफल भएको छ ।
तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहोराले ¥यापिड परिक्षण स्थलहरुमा पुगेर सामाजिक दुरी कायम भए नभएको निरिक्षण गरेका थिए । नगर प्रमुख रामेश्वर बोहोराले सामाजिक दुरी कायम राख्न स्वास्थ्य साखाका कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
यसरी नै लकडाउनलाई पूर्ण रुपमा पालना तारकेश्वर नगरपालिकाले गर्न सकेमा सुरक्षित रुपमा नागरिकहरुले बाँच्न पाउनेछन् । नगरपालिको ध्यान पनि नगरलाई सुरक्षित बनाउनुका साथै नगरभित्र बसोबास गरेका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराउने तर्फ जान आवश्यक छ ।
फरक पत्रबाट साभार
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्