आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउन समय थप

काठमाडौं । मन्त्रिपरिषदको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउन समय थप गर्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरस नियन्त्रण उच्चस्तरी संयन्त्रले गरेको सिफारिस अनुसार अवधि बढाउने निर्णय भएको हो ।
मन्त्रिपरिसदको चैत २४ गतेको बैठकले भोलि वैशाख ३ गते बुधबारसम्मका लागि लकडाउनको अवधि तोकेको थियो । आजको निर्णयसहित यो चौथोपटक लकडाउन घोषणा गरिएको हो । यसअघि सरकारले चैत ११ गतेदेखि १८, त्यसपछि २५ र तेस्रो पटक वैशाख ३ सम्मका लागि लकडाउन अवधि तोको थियो । कोरोना भाइरसका संक्रमित अझै बढिराखेको र काठमाडौंमा पनि हिजोमात्रै पनि देखिएकाले लकडाउन र सामाजिक दूरी कायम राख्न पर्ने भएकाले लकडाउन अवधि बढाउन परेको सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले बताउनु भयो ।
यस्तै आजकै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि जिम्मेवारी थपिएका ९ जना मन्त्रीहरुको कार्यप्रगति विवरणसमेत माग्नु भएको थियो । सो क्रममा ती मन्त्रीहरुले आफ्नो क्षेत्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएका प्रयासहरुबो जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लकडाउन समय थप
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्