Techie IT
शुक्रबार, मंसीर १२,२०७७

नागार्जुन नगरपालीकाद्धारा अखाध्य बस्तु बेच्ने पसलेको इजाजत पत्र रद्ध


नागार्जुन नगरपालीका भित्रका सबै खानेपानी उपभोक्ता समितीहरुलाइ खानेपानी शुल्क नलिन  नगरपालीकाले निर्देशन दिएको छनागार्जुन नगरपालीका भित्र रहेका खानेपानी उपभोक्ता समितीहरुलाइ उपभोक्ताहरुलाइ राहत स्वरुप खानेपानी शुल्क मिनाह गर्ने निर्णय भएको हो ।

नेपाल सरकारबाट लकडाउन घोषणा गरेको अवधीमा हाल  २०७६ चैत्र र २०७७ बैशाख महिना सम्म  खानेपानी उपभोक्ताहरुलाइ निशुल्क गर्ने  निर्णय कार्यन्वयनको अनुगमन गर्न सम्बन्धित वडालाइ निर्देशन दिएको जानकारी नागार्जुन नगरपालीकाका प्रशासन तथा योजना उपशाखा प्रमुख नारायण प्रसाद तिमील्सीनाले जानकारी दिएका छन।

साथै आज बसेको बैठकले नागार्जुन नगरपालीका वडा नं ४ बाट राहत बितरण गर्ने क्रममा न्यू बि के स्टोरबाट आएको खाद्दान्न लगायत राहत सामगी्र म्याद सकिएको अखाध्य  सामान बिक्री बितरण गरेको हुदा नागार्जुन नगरपालीका बाट उक्त आपूर्तीकर्ताको ब्यावसय दर्ता प्रमाण पत्र निलम्बन गरिएको र अर्को निर्णय नभए सम्मकालागी ब्यावसाय गर्न रोक लगाएको छ।

नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालीकाको सर्वसम्मत बैठकले  सो निर्णय गरेको थियो  ।फोटो सौजन्य :नागार्जुन पोस्ट


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालीका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545