बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार सापकोटाले सार्वजनिक गरे एक वर्ष कार्यकालको गतिविधि

बाग्मती प्रदेश सरकारले सञ्चार रजिष्टारको कार्यालय स्थापना गरेर काम सुरु गरेको एक वर्ष पुगेको छ । बाग्मती प्रदेश मन्त्रिपरिषद्ले २०७५ चैत २७ गते नेपालमा पहिलो सञ्चार रजिष्टारको रुपमा सञ्चारकर्मी रेवती सापकोटालाई नियुक्त गरेको थियो ।
सापकोटाले औपचारिक जिम्मेवारी सम्हालेको बैशाख ९ गते एक वर्ष पुरा गर्ने समेत उल्लेख गरेकाछन्, । उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेकाछन्, मुलुक संघीय संरचनामा गईसकेपछि सञ्चारको क्षेत्रमा केहि परिणाममुखी काम गर्नु पर्ने जिम्मेवारी र दायित्वका कारण यो अवधिमा १२ देखि १८ घण्टा काम गरेर केहि परिणाम निस्किएको उल्लेख गरेकाछन्, ।
यो अवधिमा करिब एक सय जना पत्रकारले सफ्टवेयर मार्फत परिचयपत्र प्राप्त गरेको उल्लेख छ । यस्तै यो यो वर्ष प्रदेशबाट चार वटा टेलिभिजनले इजाजत लिएका छन् भने प्रदेशबाट चार वटा एफ एम रेडियोले पनि इजाजत लिएको उल्लेख गरीएको छ । प्रदेश सरकारलाई झण्डै एक करोड रुपैया राजस्व संकलन गर्न सफल भएको बताउदै सापकोटाले एउटा कोठाबाट सुरु भएको कार्यालय अहिले हेटौडा र काठमाडौमा स्थापना भएको समेत उल्लेख गरेकाछन् ।
पत्रकारिता र सूचना प्रविधिमा शोधपत्र तयार गर्न सहयोग गर्ने कार्यविधि स्वीकृत भएर निवेदन प्राप्त भइरहेको पनि उल्लेख छ । प्रदेशको सूचना बैंक बन्ने प्रक्रिया सुरु भएको उल्लेख गदै सापकोटाले असार मसान्तसम्म प्रदेशका केन्द्रीय निकायको सूचना बैंकबाट प्राप्त गर्न सक्ने तयारी रहेको बताउनु भएको छ ।
६० जना पत्रकारले मोबाइलबाट पत्रकारिता गर्ने तालिम प्राप्त गरेको र लेखन तथा प्रसारण वृत्ति कार्यविधि स्वीकृत गराई २० जना पत्रकारले लेखन तथा प्रसारणवृत्ति पाएको उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्