घाइते, अपाङ्ग, बेपत्ता सहिद परिवार र टुहुरो बच्चाहरुलाई हिम रश्मी स्कुलको खाद्यान्न सहयोग

तारकेश्वर काठमाडौ । तारकेश्वर काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड ९१९०कोरोना भाइरस० संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ। यो रोग निवारणको लागि अहिलेसम्म कुनै भ्याक्सिन बनिसकेको छैन। यसर्थ यसबाट बच्ने र बचाउने उपाय केबल लकडाउन हो, अहिले सारा विश्वभरका मान्छेहरु घर भित्रै बस्न बाध्य छन्। एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआए भएका, ज्यालादारीमा रोजीरोटि चलाउने र हुँदा खानेहरुमा परेको छ भने अर्कोतर्फ बालगृहका बालबालिकाहरु समेत प्रभावित बनेका छन ।
यस्तो असहज परिस्थीतीमा तारकेश्वरका मनमैजुमा अवस्थीत हिम रश्मी हाई स्कुलले खाद्यान्न सहयोग गरेको छ ।
हिम रश्मी स्कुलले एकीकृत सिर्जनशील समाज नेपाल बालगृहका बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
शुभकामना चोक स्थित बालगृहमा जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता सहिद परिवार र टुहुरो बच्चाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
स्कुलको सामाजीक उत्तरदायीत्व अनुरुप बालगृहलाई सहयोग गरिएको विद्यालयका इन्चार्ज माहाप्रसाद अमागाँईले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #हिम रश्मी हाई स्कुल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्