Techie IT
आईतबार, असोज १४,२०८०

श्रमजीवी पत्रकारलाई  बिमासहित निःशुल्क उपचार गर्न माग


काठमाडौं, ललितपुर र भक्तपुर पत्रकार महासंघले श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई समेत राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा समेत कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई विशेष बिमासहित निःशुल्क उपचार गर्न माग गरेका हुन् । 

तीन जिल्लाका अध्यक्षले श्रमजीवी पत्रकारलाई तत्काल राहत प्याकेज दिन माग गर्दै लकडाउनको अवधिमा पत्रिका प्रकाशन गर्न कठिन भएको हुँदा सरकारले दिने सहुलियत यथावत् कायम गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडाैंका अध्यक्ष सन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारसँग यस्तो माग राख्दै सचेत भएर सतर्कतापूर्वक पेसागत धर्म निर्वाह गर्न पनि सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

जोखिमका वेला सञ्चारकर्ममा जुटेका सञ्चारकर्मीको स्वास्थ्यको सवालसँगसँगै आर्थिक पक्ष पनि अहिलेको चासोको विषय भएको प्रस्ट्याउँदै महासंघले पत्रकारका लागि समयमै पारिश्रमिक भुक्तानी र कार्यालयमा आउन–जान सवारीसाधनको व्यवस्था गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #श्रमजीवी पत्रकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Mostly Cloudy
5:56 am5:50 pm +0545