तारकेश्वरको सम्पूर्ण वडाहरुमा राहात बितरणका लागि प्रदेश सांसद संग्रौलाको सक्रियता

सुमन राज कार्की
तारकेश्वर काठमाडौ । कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण अनुगमन तथा एकीकृत ब्यबस्थापन समितीको बैठक प्रदेश सभा सदस्य योगेन्द्र संग्रौलाज्युको संयोजकत्वमा तारकेस्वर नगरपालिकाको नगर प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्षहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,स्वास्थकर्मिहरु,सुरक्षाकर्मिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड जम्मा गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको नियम अनुसार लक डाउनलाई पुर्ण रूपमा पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउने र प्रदेश सरकार बाट बिनियोजित रकम तारकेस्वर,टोखा नगरपालिकाको निर्णय बमोजिम सम्पुर्ण वडामा राहत वितरण छिटो सुचारु गर्ने लगायतका कार्यमा महत्त्वपुर्ण भुमिका निर्वाह गरेको प्रदेश सांसद योगेन्द्र संग्रौलाले बताए ।
कोरोना भाईरस बाट वचन सक्ने एक मात्र उपाय भनेको नै घरमा सुरक्षीत रुपले बस्ने भएकोले,सबै नागरिकहरुलाई घरैमा बसेर लक डाउनलाई पुर्ण रुपमा पालना गर्न संग्रौलाले आग्रह समेत गरेका छन ।
संकट को बेलामा हुन सक्ने कालोबजारी लाई ध्यानमा राखी यस्तो काम रोक्न र कार्बाहीको दायरामा ल्याउनका लागि प्रदेश सरकार र स्थानिय सरकार लागी परेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर, #योगेन्द्र संग्रौला
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्