रोटरी क्लब भाँदगाँउ द्धारा राहत वितरण

भक्तपुर, २१ चैत्र – मुलुक लकडाउन भएको आज एघारौ दिन पुगेको छ । यस विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी गरेर जिवन गुजारा गरिरहेका सुर्य विनायक नगरपालिका वार्ड न. ५ मा अस्थायी बसोबास गरी रहेका ५० जना श्रमिकहरुको पहिचान गरि उनीहरुलाई एक परिवारको लागी १ महिनाको राशनको सहयोगको शुरुवात गरिएकोछ ।
वडा कार्यालयको समन्वयमा रोटरी क्लब अफ भादगाँउका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल र ५ न. वडाका सदस्य बासुदेव पोख्रेलले संयुक्त रुपमा आज चैत्र २० गते बाट वितरणको शुरुवात गरेका हुन । रोटरी क्लब अफ भादगाँउको आर्थिक सहयोगमा वितरित राहत प्याकेज अन्तर्गत एक परिवारको लागी चामल ३० केजी , दाल ३ केजी, नुन २ पाकेट, तेल २ लिटर, मस्यौरा १ केजी, चिनी १ केजी र साबुन ३ पिस उपलब्ध गराईएको थियो ।
रोटरी क्वलका संस्थापक अध्यक्ष मनोज कुमार कँडेल जानकारी दिए ।यस कार्यक्रमलाइ विस्तार गर्दै मुख्यतयः विरामी, सुत्केरी र बुढाबुढी रहेको र दैनीक ज्यालादारी गरि खाने श्रमिकहरुको पहिचान गरेर वितरण गरिने कुरा कडेलले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #रोटरी क्लब भाँदगाँउ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्