सबै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी छ : उपभोक्ता अधिकारीकर्मी महर्जन

काठमाडौं, ९ चैत्र -राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले सबै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी रहेको बताएका छन् । सम्बाद क्लब नेपालमा भएको कार्यक्रममा बोल्दै उनले जनता पनि सजक हुन जरुरी रहेको औल्याए । महर्जनले भारतबाट नेपाल आउने सवारी साधनमा आउने मानिस भित्रता सरकारले प्रभावकारी रुपमा चेकजाँच गर्न नसकेको आरोप लगाए । उनले भारतबाट नेपाल आउने सुनौली नाकामा विहान ६ बजे देखि वेलुका ६बजे सम्म चेकजाँच भए पनि रातीको समयमा चेकजाँच गर्ने काममा लापरवाही भएको बताए।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो दुरीका सवारी रोक्ने निर्णय स्वागतयोग्य भएको बताएको छ । महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले नेपाल सरकारले कोरोना भाइरस आउन नदिन जुन किसिमका कामहरु गरेको त्यसको लागि महासंघले हातेमालो र सहयोग गर्ने बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा जुन सम्वोधन गर्नुभएको छ, त्यसमा पनि महासंघले स्वागत गरेको छ’ अध्यक्ष अधिकारीले भने । उनले कोरोनाको संक्रमण भित्रन नदिन भारतबाट भित्रने भारतीय नागरिक पनि पूर्ण रुपमा रोक्न सरकारलाई आग्रह गरे । साथै अधिकारीले नेपाली सवारी साधनहरुलाई ज्वरो नाप्ने यन्त्र, मास्क जस्ता सामानहरु उपलव्ध गराईदिन समेत सरकारलाई आग्रह गरे । सरकाले तोकेको भन्दा कुनै सवारीले धेरै भाडा लिएको पार्इएमा कारवाहीको दायरामा ल्याउन महासंघले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्