Techie IT
मंगलबार, मंसीर १६,२०७७

कोरोनाको उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिका , आइसोलेसन वार्ड स्थापना गर्ने तयारी


टोखा, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिकाले आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ । टोखा २ मा अवस्थित टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा तत्कालका लागि ५ वेडको आइसोलेसन वार्ड स्थापना गरिन लागिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

टोखा नगरपालिका स्वास्थ्य शाखा र डाक्टरहरुसँगको छलफलबाट हालका लागि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसनको सञ्चालन गर्ने र पछि आवस्था हेरी वेड संख्या बढाउनुका साथै धापासी र गंगबुँमा पनि आइसोलेसन वार्ड विस्तार गरिने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आगामी दिनहरुमा प्राथमिकताका आधारमा विशेष कार्यक्रम तथा व्यवस्थापनका कार्यहरु अगाडी बढाइने समेत उहाँले बताउनुभयो ।

वास सेन्टर राखिने

कोरोना सजगताका लागि टोखा नगरपालिका छिर्ने मुख्य नाका तथा सर्वसाधारणको बढि भीड हुने स्थानहरुमा वास सेन्टर निर्माण गरिने भएको छ । नगरपालिका, वडा र बजार क्षेत्रका साधारणका लागि हात धुने ठाउँ तयार गर्ने उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिनुभयो ।

टोखा नगरपालिका छिर्ने मुख्य नाकाहरु सामखुशी बसुन्धारा गंगबु लगायत नगरका आवश्यक र सर्वसाधारणहरुलाई पायक पर्ने स्थानहरुमा एक हजार लिटरको ट्यांक जडित हात धुने ठाउँ वास सेन्टर राखिने उनले बताउनुभयो ।

सचेतना र सजगताका कार्यक्रम

कोरोनाको सङ्क्रमण रोकथामका लागि कोरोनाबारे सचेतना र सजगताका सम्वन्धी पर्चा, पम्प्लेट छपाएर महिला स्वास्थ्य स्वयं सेविका मार्फत प्रत्येक वडाको घरघरमा वितरण गरिनुका साथै गाडिबाट म्याइकिन समेत गरिरहेको टोखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रण लाल कुलालले बताउनुभयो ।

शाखा प्रमुख कुलालका अनुसार नगर भरिका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयमसेवीका, नगर तथा वडास्तरीय सचेतना कार्यक्रम समेत सम्पन्न भैसकेको छ भने नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारीमा टोखा नगरपालिका अगाडि बढिरहेको छ ।

कोरोना भाइसरको बारेमा सचेतना तथा सूचना दिने उद्देश्यले नगरपालिकाको  मूख्य पाँच स्थानहरुमा सन्देशमुलक बोर्ड राखिएको छ । चैत्र ६ गतेदेखि हुनेभनिएको एसईई परिक्षाको पाँचवटा केन्द्रमा चिकित्सक सहितको हेल्थ डेक्सको तयारी समेत गरिएको  शाखा प्रमुख कुलालले बताउँनुभयो ।

newsof tokha .com


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545