बूढानीलकण्ठमा कोसेली घर निर्माण गरिने

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बूढानीलकण्ठ नगरपालिकाले कोसेली घर निर्माण गर्ने भएको छ । नगर क्षेत्रभित्र उत्पादन भएका पहिचान झल्कने खालका वस्तुको बिक्री वितरणका लागि कोसेली घरको निर्माण गर्ने जनाएको छ । स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइने उद्देश्यले कोसेली घरको निर्माण गरिने नगरउपप्रमुख रमादेवी राईले बताउनुभयो ।
उक्त घरको निर्माणले स्थानीस्तरमा उत्पादन भएका घरेलु सामग्रीको बिक्री वितरण गरेर घरेलु तथा साना उद्यामीको जीवनस्तरमा परिर्वतन ल्याउन यसले मुख्य भूमिका खेल्ने औँल्याइएको छ ।
कोसेली घरमा नगरपालिकामा स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका सुइटर, झोला, हस्तकला, काष्ठकलालगायत विभिन्न सामग्री, गिफ्टका सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिने नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताउनुभयो । उक्त कोसेली घर नगरपालिकाको वडा नंं २ र १० मा निर्माण गरिने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोसेली घर निर्माण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्