बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।
बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।
६२ वर्षीया मन्त्री डोरिसको करियर नर्सबाट सुरु भएको थियो । चीन उद्गम भएर फैलिएको कोरोना बेलायतमा पनि फैलँदो अवस्थामा छ । यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो । ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नादिन डोरिस
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्