Techie IT
शनिबार, फागुन १५,२०७७

टोखाका जनप्रतिनिधिहरु रातभर सडक पिच गर्ने अभियानमा सक्रिय


टोखा काठमाडौ । देशभरका केही जनप्रतिनिधिहरुले बिकाश निमाणृमा सकृयता नबढाई आफ्नो ब्यक्तिगत स्वार्थमा रमाइरहेको समाचार बाहीर आइरहेको छ । तर राजधानिमा अवस्थित टोखाका जनप्रतिनिधिहर भने दिनरात नगरबिकाशमा लागीरहेका छन ।
यसको पछिल्लो उदाहरण हो सामाखुसी टोखा सडक पिच अभियान ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी लगायतका जनप्रतिनिधिहरु यतिबेला रातीको समयमा पनि सडक पिच गर्ने अभियानमा सक्रिय भएर लागेका छन ।

मेयर आफै रातभर बसेर नगरपालिकाको सामाखुखी चोकदेखि खरिबोट मन्दिरसम्म ४ सय मिटर सडक बाटो पिच गराउनुभएको छ ।

ग्रान्डी अस्पतालको उकालोसम्मको सडक बाटो पिच गर्ने अभियान चलिरहेको मेयर अधिकारीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखाका जनप्रतिनिधिहर


तपाईको कमेन्ट लेख्नुहोस्