प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवम् सपथ ग्रहण कार्यक्रम सम्पन्न

सिता पौडेल
काठमाडौं प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवम् सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरमा रहेको डिलाइट पार्टी प्यालेसकको एक सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उक्त कमिटिका साथमा उपत्यकाका भक्तपुर , ललितपुर र काठमाडौं जिल्ला कमिटीका पदाधिकारीहरुले समेत सपथ ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा श्रमजीवी पत्रकारसम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयन , सांगठनीक एकता कायम गर्नु पर्ने , नियमीत प्रशिक्षण ,राष्टिय स्वाधिनता , सार्वभौमिकता , भौगोलिक अखण्डताका पक्षमा दृढतापुर्वक उभिँदै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आफ्नो तर्फबाट आवश्यक योगदान पु¥याउने , सरकारले लिएको ‘समृद नेपाल र सुखी नेपाली ’को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न सघाउने र सल्लाह सुझाव प्रस्तुत गर्ने, सांस्कृतिक पक्षको संरक्षण गर्ने , मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना लगायतका विषयहरु समावेस भएको सात बुँदे घोषणा पत्र समेत प्रस्तुत गरिएको थियो ।
नेकपाका सचिवालय तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमलाई सम्वोधन गदै प्रवक्ता श्रेष्ठले समाजवाद निर्माणको आधार निर्माणमा पत्रकारको महत्व्पुर्ण भूमिक रहने हुनाले पत्रकारहरुले बुझेर , विषयगत अध्यान गरेर ,वस्तुपरक र तथ्यमा आधारित भएर सुचना सम्प्रेषण गर्नु पर्ने भन्दै उहाँले पत्रकारलाई आव्हान गर्नुभयो । आलोचनात्मक चेत र तथ्य नभएका पत्रकार पत्रकार हुन नसक्ने भन्दै उहाँले कुनै गुट र पार्टीका पर्चाकार नभएर पत्रकारिताको धर्म र मर्मलाई आत्मसाथ गदै असल पत्रकारिता गर्न पत्रकारलाई सुझ।उनु भयो ।
संगठन वा पार्टीमा वैचारिक मतभेद हुन नहुने भन्दै प्रवक्त श्रेष्ठले कार्यकर्ताहरुले कुनै पुर्व एमाले वा पुर्व माओवादी नभएर नेकपा मात्र हौ भन्ने धारणा राखेर वर्तमान सरकारलाई हर हालतमा सफल बनाउन लागी पर्नु पर्ने आजको आवश्यक्ता रहको औल्याउनु भयो ।
कार्यक्रममा पे्रस संगठनका इन्चार्ज तथा केन्द्रिय सदस्य राजेन्द्र गौतमले संगठनका पत्रकारले पार्टी र सरकारको सकारात्मक आलोचना गरि पार्टीभित्र देखिएका समस्याहरुको उजागर मात्र नभई समस्या समाधानका लागी सकारात्मक र इमान्दार तवरबाट समाधानको उपाय खोज्न सघाउनु पर्ने कुरामा जोड दिनु भयो।
नेकपाका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इन्चार्ज अष्ठ लक्ष्मी शाक्यले संगठनमा महिला पत्रकारहरुको सहभागिता बढाउनु पर्ने बताउनु भयो । कुनै पनि संगठन वा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनु पर्ने इनचार्ज शाक्यको भनाई थियो ।
मानिसमा रहेको उच्च इच्छाशक्तिले गर्दा रोगसंग लड्ने क्षमतामा समेत बृद्धि हुने भन्दै इन्चार्ज शाक्यले कोरोना भाइरसले समेत केही गर्न नसक्ने हुँदा उच्च मनोवल लिइ सतर्कताको पाटोलाई ध्यानमा राख्दै सबैले दैनिक कार्य अगाडी बढाउन र हल्लै हल्लाको भ्रमलाई चिर्न यथार्थपरक ढङ्गका सूचना तथा समाचार प्रकासन प्रसारण गर्न प्र्रेस संगठन आवद्ध पत्रकारलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा संगठनका केन्द्रिय संयोजक महेश्वर दाहालले पार्टी ,सरकार र जनतालाई जोड्ने जिम्मेवार पे्रस संगठनको रहेको हुँदा संगठनले उत्कृष्ट एजेण्डा बनाई गलिशिल भएर निरन्तर रुपमा अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विष्णु रिजाल ,संगठनका सह–संयोजक गणेश वस्नेत , ललितपुर संयोजक ईश्वरराज ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस संगठन नेपाल उपत्यका प्रदेश
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्