न्यूनतम पारिश्रमिक लागू गराइने : नवनियुक्त अध्यक्ष अर्याल

काठमाडौ ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताउनुभयो ।
उहाँले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरवलोकन आवश्यक रहेको धारणा राख्नुभयो । समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । उहाँले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राख्नुभयो ।
पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।
नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उहाँलाई बधाई दिनुभएको थियो । विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्थ्यो । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिका अध्यक्षमा नियुक्त गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र अर्याल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्