कञ्जुमर आई नेपालको उपभोक्ता सचेतना कार्यक्रम

काठमान्डौ । काठमान्डौ महानगरपालिका र कञ्जुमर आई नेपालको संयुक्त आयोजना “वर्तमान कानुन र उपभोक्ता अधिकार” विषयक उपभोक्ता सचेतना कार्यक्रम विहिवार नयाँ वानेश्वर स्थीत अल्फाविटा हाउसमा सम्पन्न भएको छ । कार्यक्रममा सरकारी निकाय, सरोकारवाला निकाय, उपभोक्ता अधिकारकर्मि, मिडियाकर्मि लगायत आम उपभोक्ताको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय लेखराज भट्टले मन्तव्य राख्दै, वजारमा देखिएका समस्याहरुको निराकरण र उपभोक्ताको अधिकार स्थापीत गराउन सबैसंग साझा समझदारी गरि अगाडि बढ्नुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले वजार अनुगमनलाई प्रभावकारी बनाउदै उपभोक्ताको मौलिक हकको रुपमा संविधानले व्यवस्था गरेको अधिकारलाई पूर्ण कार्यान्वयनमा विभाग सदैव लागि परेको जानकारी दिनुभयो ।
कार्यक्रम आयोजक कञ्जुमर आई नेपाल कि अध्यक्ष, विमला खनालले “बजारमा देखिएका समस्या, उपभोक्ता अधिकार र दण्ड सजाय सम्वन्धी कानुनी व्यवस्था” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आम उपभोक्ताहरुलाई वर्तमान कानुन र उपभोक्ता अधिकारको प्रत्याभुती गराई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकारमा कार्यपत्रको जोड रहेको थियो ।
वर्तमान समयमा सरकारले तय गरेका राजश्व र कर नीतिका विषयमा आन्तरीक राजश्व विभाग
निर्देशक पदम कुमार श्रेष्ठले “वर्तमान कर सम्वन्धी कानुन” कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आम नागरिकमा कर सम्वन्धी रहेका द्धविधाको सहि सम्वोधन गर्नु उक्त कार्यपत्रको मुल उद्देश्य रहेको श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा काठमान्डौ महानगरपालीका वडा नं। १०, ११ र ३१ का वडा अध्यक्ष लगायत वडा सदस्यहरुको पनि सहभागिता रहेको थियो । उपभोक्ता संग प्रतक्ष्य सरोकार राख्ने सरोकारवाला निकाय, उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य शिव प्रसाद घिमिरे, पेट्रोलियम डिलर एसोसियसनका टेकराज ज्योशि, ग्याँस विक्रेता महासंघ अध्यक्ष महेश्वर श्रेष्ठ सहभागी भई आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य, कञ्जुमर आई नेपालका महासचिव, रञ्जन शर्मा खनालले गर्नुभयो भने कार्यक्रमको सञ्चालन कञ्जुमर आई नेपालका कार्यक्रम संयोजक भुवन न्यौपानेले गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कञ्जुमर आई नेपाल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्