हल्लाको पछि नलागौं : टेकुमा भर्ना भएका चारैजनामा कोरोना नभएको पुष्टि

काठमाडौं, फागुन । कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
सबै लक्षणहरु सामान्य देखिएपछि उनीहरुलाई आज (मंगलबार) नै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘उहाँहरु सबैको रिपोर्टमा कोरोनाको लक्षण देखिएन । कुनै समस्या नभएकोले उहाँहरुलाई डिस्चार्ज गरिएको छ।’
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्