टोखाका कुकुरलाई रेविजविरुद्धको ‘भ्याक्सिन’

टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ । नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण ‘भ्याक्सिङ’ कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
“छाडा कुकुरबाट हुने ‘वर्थ कन्ट्रोल’का लागि ५५ पोथी कुकुरलाई बन्ध्याकरण गरेका छौँ,” उहाँले भन्नुभयो । एक कुकुरको बन्ध्याकरणका लागि रु छ हजार लाग्ने गरेको छ । चालू आर्थिक वर्षमा ३५० पोथी कुकुरको बन्ध्याकरण गरिने कार्कीले बताउनुभयो ।
नगरपालिकाभित्रका छाडा पशुपन्छी संरक्षणका लागि ‘कान्जि हाउस’ निर्माणसमेत गरिने भएको छ । कान्जि हाउस निर्माणका लागि जग्गा खोजीकार्य भइरहेको नगरपालिकाले जनाएको छ । कान्जी हाउस निर्माणका लागि वागमती प्रदेश सरकारले रु ७५ लाख बजेट सो नगरपालिकालाई उपलब्ध गराइसकेको छ ।
चालू आर्थिक वर्षमा नगरपालिकाभित्र पालन गरिएका पशुपन्छीका लागि रु पाँचलाखको औषधि तथा भिटामीन वितरण गरिएको छ । यस्तै बेलाबेलामा बधशाला र मासु पसलसमेतको अनुगमन गरेको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । नगरपालिकाले ११ क्वीन्टल हिउँदे घाँसको बीउ किसानलाई वितरण गर्नुका साथै वर्ड फ्लुसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखाका कुकुर
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्