सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको कुरा बाहिरिएपछि बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्नको लागि माग गरेको हो ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियोबारे ‘हाम्राकुरा’ले सार्वजनिक गरेको थियो । सो अडियोमा मन्त्री बास्कोटाले अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेका छन् । सोही घटनाको बारेमा छानविन गर्न कांग्रेसले माग गरेको हो ।
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ । ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धा गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले माग गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चारमन्त्री बास्कोटा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्