महिलालाई उद्यमसंग जोड्न अभिमुखिकरण
काठमाडौँ, फागुन । सिप सिकेका महिलालाई उद्यमसंग जोड्नका लागि अभिमुखिकरण तालिम दिइएको छ ।
काठमाडौ महानगरपालिका वडा नं. ११ का ३० महिलालाई श्रीसाथी नेपालले अभिमुखिकरण तालिम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सिप सिकेर पनि उद्यमशिलता बन्ने महिलालागि सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले सहभागी महिलाले आफूलाई लागेको सिपका बारेमा छलफल गर्ने र संस्थाले ति महिलालाई उद्यमशिलता बनाउन सहयोग गर्ने बताउनुुभयो ।
‘‘ धेरै महिलामा आफूले जानेका सिप बाहिर ल्याउन सकेका छैनन’’ उहाँले भन्नुभयो, ‘‘त्यस्ता महिलालाई उद्यमशिलता बनाई स्वरोगार बनाउन सहयोग गर्दछौ ।’’
तालिममा महिलालाई फर्म दर्ता गर्नेदेखि लिएर बैंकसंग सहुलितय ऋण उपलब्ध गराउन सिकाइने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नंं ११ का कर्मचारी गजेन्द्रवहादुर कार्कीले स्थानीय महिलालाई स्थानीय सरकारले नै स्वरोजगार बनाउने भएकोले आफूहरु महिलालाई उद्यमशिलता बनाउन तयार रहेको बताउनुभयो । महिला आफ्नो खुट्टामा आफै उभिन सके मुलुकले मुहार फेर्ने भन्दै महिलालाई उद्यमशिलता बनाउन आफ्नो वडाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा महिला युव उद्यमी मेनका पछाईले महिला उद्यमीलाई कुनै व्यवसाय संचालन गर्न सरकारले पनि सहुलिलय गर्नुपर्ने बताउनुभयो । उहाँले महिलामा सिप भएपनि व्यवहारिक कारणले सिपलाई उपयोग गर्न नसकेकोले यस्ता कार्यक्रमले महिलालाई उद्यमशिलता बनाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा शर्मिला कार्कीले महिलालाई उद्यमसंग कसरी जोड्न सकिन्छ, मानुषी यमी भट्टराईले महिला र उद्यम, हरि कट्टेलले व्यवसायिक रुपमा फर्म कसरी दर्ता गर्न सकिन्छ र इन्दिरा कोइरालाले सकारात्मक सोचको विकास भन्ने बिषयमा तालिम दिनुहुने छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्