Techie
समाचार

संखुवासभाका २५ जना उद्योगी व्यवसायी सरकारद्धारा सम्मानित

सुजन ब्रजचार्य ।

मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संखुवासभा खाँदबारीका युवा व्यवसायी सुजनकुमार श्रेष्ठ सहित २५ जना उद्योगी व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिजन्य वस्तुतर्फ मनराम हिमालयन हयाण्डीकाफट प्रा लिका प्रवन्ध निर्देशक श्रेष्ठलाई समान गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका निर्यातकर्ता, लगानीकर्ता तथा  रोजगारदाताहरुलाई राजधानीमा मंगलबार एक समारोहका बीच सम्मान गरे । श्रेष्ठ खाँदबारी नगरपालिका ९ का स्थायी बासिन्दा हुन् । श्रेष्ठ सगै व्यवसायी चन्द्र ढकाल, पवन गोल्यान, निर्वाण चौधरी लगायत विभिन्न क्षेत्रका २५ जना उद्योगीलाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गरेका हुन् । हरेक दुई वर्षमा सम्मान गरिने यो अवार्ड २०७३ सालदेखि रोकिएको थियो ।

सम्मानित हुनेहरुले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र सम्मान पत्रसहित बैठक र छलफलमा अग्राधिकार तथा देश विदेशमा हुने मेला छलफल तथा मेलामा सहभागीतामा प्राथमिकता पाउनेछन् । उनीहरुले त्रिभुवन विमानस्थलको अन्तराष्ट्रियतर्फ आईसीपी लाउन्ज र अन्तरिकमा भीआईपि लाउन्ज प्रयोगको अवसर पाउनेछन् ।

यो पनि हेर्नुहोस
सूची सहित

कुन विधामा को-को भए सम्मानित ?

तेस्रो मुलकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी बस्तु निकासी गर्ने

धागो-रामचन्द्र संघईअध्यक्षत्रिवेणी स्पिनिङ मिल्स प्रालि छातापिपराबारा ।

ऊनी गलैंचा-दोजे ग्याल्सेन लामाप्रवन्ध सञ्चालकदिसांगि्रला काट एण्ड ल्याण्डीकाफटस इण्डष्ट्रीज प्रालि बोडकाठमाडौं ।

तयारी पोशाक-राहुलमान शाक्यप्रबन्ध निर्देशककाठमाडी स्टार फेसन प्रालि हात्तीवनललितपुर ।

पश्मिना सल- सूर्यकुमार गुरुङसञ्चालक अध्यक्षएभरेष्ट पश्मिना निटिङ एण्ड विभिड ईण्डष्ट्रीज प्रालि गोदावरी ।

ऊनी फेल्टमा उत्पादन- रवीन श्रेष्ठ सिन्याप्रोप्राइटरएभरेष्ट फेशनखुमलटारललितपुर । 

भारततर्फ रकमको आधारमा प्रथमदोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता/उद्योगी

हरांकरत सिंह बेदीविजनेस र डाबर नेपाल प्राइभेट लिमिटेडजितपुरबारा ।

दिव्य राज सापकोटामहाप्रवन्धकआरती स्ट्राईस प्रालिविराटनगरमोरङ ।

युक्ती गोल्छानिर्देशकहुलास वायर इण्डस्ट्रीज लिमिटेडविराटनगरमोरङ ।

चीनतर्फ रकमको आधारमा प्रथमदोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगी ।

पेम्बा दोर्जे शेर्पाप्रोपाइटरन्यू हस्तकला एक्सपोर्टबौद्धकाठमाडौँ ।

विश्व राज बस्नेतव्यवस्थापकगणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. ठमेलकाठमाडौं ।

मछिन्द्र पाण्डेप्रोपाइटरन्यु प्यागोडा इन्टरप्राइजेजटोखा काठमाडौं ।

निर्यातकतासँग दोहोरो नपर्ने गरी नेपालको मौलिक सीपकला र संस्कृति झस्किने हस्तकलाका बस्तुहरुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्राउने निर्यातकर्ता

गोपीप्रसाद कँडेलप्रोप्राइटरपिपुल्स क्राफ्ट एक्सपोर्टबानियाटारकाठमाडौं ।

नियातकर्तासँग दोहोरो नपर्ने गरी वाणिज्य नीति २००२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यातसम्भावनायुक्त वस्तु

कृषिजन्य वस्तुतर्फ सजन कमार श्रेष्ठप्रवन्ध निर्देशकमनराम हिमालयन हयाण्डीकाफट प्रा लि यालवाटारकाठमाडौ ।

जडीबुटीतर्फ निर्वाण कुमार चौधरीअध्यक्षसीजी बायोटेक प्रालिसानेपाललितपुर ।

निर्यात व्यापारमा कुल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता

राजलक्ष्मी गोल्छाप्रबन्ध निर्देशक हलास वायर इण्डस्टीज लिमिटेडविराटनगर मोरङ ।

सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता

 दीपेश प्रधानप्रवन्ध सञ्चालकएलआरएम नेपाल प्रा.लि.मानभवनललितपुर ।

उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने स्वदेशी श्रम र सीप उपयोग गर्ने

लीक शु कुवाङप्रबन्ध निर्देशकहोङ्सी शिवम सिमेन्ट प्रालिनक्सालकाठमाडौं ।

सबैभन्दा बही रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायी

पवन कमार गोल्याणअध्यक्ष तथा प्रवन्ध संचालकरिलायन्स स्पिनिङ मिल्स लि कमलादीकाठमाडौं ।

बैंकिङ्ग प्रणालीमार्फत विप्रेषणको कारोवार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी/व्यवसायी

चन्द्रप्रसाद ढकालअध्यक्षआइएमई लिमिटेडपानीपोखरीकाठमाडौं ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मद्रा आर्जन गर्ने होटल व्यवसायी

सुरेशलाल श्रेष्ठकार्यकारी संचालकतारागाउँ रिजेन्सी होटल्स लि. बीडकाठमाडौं ।

युवा उद्यमी व्यवसायीहरु मध्ये निर्यात व्यापार क्षेत्रमा सबभन्दा बढी निकासी गर्ने 

महिलातफ-सुनिता शेर्पाप्रबन्ध निर्देशकफेल्ट एण्ड यार्न प्रालिनयाँ बजार काठमाडौं ।

पुरुषतर्फ-अक्षय गोल्याणसञ्चालक रिलायन्स स्पिनीङ मिल्स प्रालिकमलादीकाठमाडौ ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउनेहरु

भवानी राणाअध्यक्षनेपाल उद्योग वाणिज्य महासंघ ।

राजेशकाजी श्रेष्ठ अध्यक्षनेपाल चेम्बर अफ कमर्स ।

सतिश कुमार मोरअध्यक्षनेपाल उद्योग परिसंघ ।

Tags

Related Articles