एमसीसी पारित नगर्न ९ दलको माग, चरणबद्ध आन्दोलनको घोषणा

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् । सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, सुभाष काफ्ले नेतृत्वको जन समाजवादी पार्टी र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद पार्टीले एमसीसी पारित नगर्न माग गरेका हुन ।
सोमबार गजुरेलको अध्यक्षतामा बसेको ९ दलको संयुक्त बैठकले माघ २८ र २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमसीसी पारित नगर्न औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा आफ्नो स्वामित्व कायम गर्न आग्रह गर्ने निर्णय गरेको गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यी माग पुरा गराउन दबाब दिन सबै फागुन ३ गते पार्टीका प्रदेश समितिहरु मिलेर संयुक्त रुपमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
फागुन ५ गते लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने र फागुन ८ गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर जनसभा गर्ने निर्णय बैठकले गरेको गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्