नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारी

नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ । निर्माण व्यवसायीले केही समयमै रङ्गरोगन र सडक कालोपत्र गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।
सडकमा राखिने बत्ती डिजाइनमा उल्लेख भएभन्दा फरक राख्नका लागि छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “अन्तिम काम सकिएपछि अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।” एउटै ठेक्का मार्फत मुख्य लेनको दायाँबायाँ पुल निर्माण भइरहेकामा अघिल्लो वर्ष नै सम्पन्न भएर एउटा सञ्चालनमा आएको छ । एउटै समयमा र उस्तै डिजाइनमा निर्माण गर्ने भनिएको तीनकुनेस्थित वाग्मती पुलको काम भने अघि बढेको छैन ।
बिजुलीबजार पुल निर्माणका लागि विसं २०७१ पुसमा जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी लिएको थियो । तीन वर्षमा सक्ने गरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो ।
तोकिएको अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले पुसम्मका लागि एक वर्ष अवधि थपेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आर्क ब्रिज
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्