नुवाकोटको पञ्चकन्या गाउँपालिकामा लायन्स क्लव द्वारा शैक्षिक सामग्री वितरण

काठमाडौँ माघ । लायन्स क्लवले नुवाकोट पञ्चकन्या गाउँपालिका ५ मा रहेको भेडाबारी माध्यमिक विद्यालयमा विभिन्न सामग्री वितरण गरेको छ ।
लायन्स क्लव अफ काठमाडौँ सामाखुसी, लायन्स क्लव अफ काठमाडौँ लुम्विनी र लायन्स क्लव अफ काठमाडौँ रेनवोको संयुक्त आयोजनामा भएको कार्यक्रममा शैक्षिक तथा अन्य सामग्री वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई स्कूल ड्रेस, न्यानो कपडा, स्टेशनरी सामग्री तथा खाजाको रुपमा गोल्डेन कुकिज वितरण गरिएको लायन्स क्लव काठमाडौँ लुम्बिनीका अध्यक्ष पोमनारायण अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले क्लवले विभिन्न खाले कार्यक्रम सञ्चालन गरेर दुःखी गरिव र समस्यामा परेका नागरिकलाई राहत तथा सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
“निरन्तरका समाजिक गतिविधिले जनस्तरमा क्लवले राम्रो प्रभाव जमाउन सफल भएको छ” उहाँले भन्नुभयो, “क्लवमा जोडिएका सबैको साथ सहयोगले संस्थाको गरिमा बढ्दै गइरहेको छ ।” विद्यालयमै आइ विभिन्न सामग्री उपलव्ध गराएपछि विद्यार्थी, अभिभावक र शिक्षक खुसी भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चकन्या गाउँपालिका
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्