खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने

गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ । नगरपालिकाले महिला र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक आहार प्रदान गर्ने भएको छ । आमा र बच्चालाई स्वास्थ्य र कुपोषित हुनबाट बचाउन बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल पोषण पोको कार्यक्रम’ ल्याएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।
बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमालाई बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट रुपमा नगद तीन हजार उपलब्ध गराइने प्रमुख खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका र आमालाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा खरिद गर्ने सहयोग पु¥याउने उद्देश्यका साथ आव २०७६÷७७ को नीति नगर परिषद्ले पारित गरेको छ ।” बाल पोषण पोका कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । सुरक्षित प्रसूति सेवा गराउनेलाई निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।
आमा र बच्चा दुवै ज्यान सुरक्षित बनाउन सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उहाँको भनाइ छ । नगरपालिकाले नगरभित्र बसोबास गर्न गर्भवती भएका आमालाई बर्थिङ सेन्टरसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्ससमेत प्रदान गरिएको प्रमुख खतिवडाको भनाइ छ । खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीनवटा बर्थिङ सेन्टरहरु भए पनि जिल्ला अस्पतालमा मात्र दक्ष चिकित्सक उपलब्ध छन् ।
नगरभित्र तुम्लिङटार, सेकाहा र शीतलपाटीमा बर्थिङ सेन्टर छन् । सडक सञ्जाल जोडिएका जुनसुकै स्थानका गर्भवतीलाई नगरपालिकाकै एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्न कार्यविधिसमेत बनाइएको छ । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अन्य जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्चबापतको भुक्तानी नगरपालिकाले व्यहोर्नेसमेत नगरप्रमुख खतिवडाले बताउनुभयो ।
उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । यो कार्यक्रमका लागि चालू आवमा रु ६ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्