सर्वोच्चको संवैधानिक विज्ञमा डा. रामकृष्ण तिमिल्सिना

काठमाडौं। डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा नियुक्त हुनुभएकाे छ । संविधान र कानुनविद् मध्येबाट पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त हुनुभएका डा. तिमिल्सिनाले माघ १ गतेबाट नै जिम्मेवारी सम्हाल्नुभएकाे छ ।
सर्वोच्चकै पूर्वरजिष्ट्रार तिमिल्सिनालाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा नियुक्त गर्नुभएकाे हाे। संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गर्नुभएकाे हाे ।
नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ। तिमिल्सिनाले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने बताउनुभएकाे छ ।
‘मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ। मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म संवैधानिक इजलासलाई रचनात्मक सहयोग पुर्याउने छु’, उहाँले भन्नुभयाे, ‘संवैधानिक इजलासको प्रभावकारिता बढाउन र न्यायमा छिटो पहुँचका लागि इमान्दारिपूर्वक काम गर्नेछु।’
डा. तिमिल्सिनाले सूचनाको हकमा विद्यावारिधी गर्नुभएकाे छ । डा. तिमिल्सिना ललितपुरकाे समानेपामा रहेकेा नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. रामकृष्ण तिमिल्सिना
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्