नियमित गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्न सकिने

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजरका विभिन्न फाइदाहरु छन् । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् ।
गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ ।
दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।
हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।
बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।
क्याटेगोरी : समाचार
ट्याग : #गाजरको सेवन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्