जाडो समयमा यस्ता कुरामा विशेष ध्यान दिनुहोस् नत्र ज्यानै जाला

काठमाडौँ । विस्तारै चिसोको मौसम सुरु हुँदैछ । जाडो समयमा न्यानोपनका लागि विभिन्न कार्यहरु गरिने गर्छन् । आगो ताप्ने, हिटर बाल्ने । तर, कहिलेकाँही आफ्नै लापरवाहीले गर्दा ज्यानै जाने घटनाहरु पनि देखिएका छन् ।
चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु धेरैका लागि सामान्य कुरा बनेको छ । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावा नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड भन्ने ग्याँसको मात्रा बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरु बताउँछन् ।
जाडो याममा ग्याँस गिजरका कारण हुने मृत्युका घट्नाहरु पनि यसैले गर्दा हुने हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्न चिकित्सकहरुले बताएका छन् ।
हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने गर्नु पर्छ । भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्नुपर्छ भने मौसमी फलफुल विशेष गरेर भिटामीन सियुक्त फलफुलको अलि बढी सेवन गर्नु पर्छ ।
स्वास प्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउनुपर्ने चिकित्सकहरुको भनाइ छ ।
तर, बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु पनि हुँदैन । त्यसो गर्दा भित्र भित्रै तातो भएर पसिना आउँने भएकोले त्यसैको चिसोले अन्य स्वास्थ्य समस्या नित्याउँने चिकित्सकहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जाडो याम
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्