कार्यालय समयमा समाजिक सञ्जाल बन्द

हेटौँडा, ५ असोज । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ ।
समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वा्चित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो ।
कार्यालय समयमा मोबाइल वा अन्य माध्यमबाट सामाजिक सञ्जालमा अल्मलिँदा महत्वपूर्ण समयको बर्बादीसँगै कार्यालय सञ्चालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच बैठकले विभिन्न चाडपर्वका अवसरमा आउँदो असोज १४ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायलगायत जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #समाजिक सञ्जाल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्