राजपाका उपाध्यक्ष चौधरीको बोल्दा बोल्दै निधन

काठमाडौं, ५ असोज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको मञ्चको रोष्टममा बोल्दा बोल्दै निधन भएको छ ।
राजपा ललितपुर जिल्लाको अधिवेशन शनिबार सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टममा बोल्दै गरेका चौधरीलाई हार्टअट्याक भएपछि ढलेका थिए ।
केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि ललितपुर राजपाको अधिवेशन स्थगित भएको छ । कार्यक्रममा राजपाका नेता एवम् सांसद महेन्द्र राय यादव प्रमुख आतिथि रहेका थिए ।
चौधरीलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालले चौधरीलाई करीव तीन बजे मृत घोषणा गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
बारा जिल्ला निवासी चौधरीको शवलाई परिवारजनले आइतबार गृहजिल्लामा लगेर अन्तिम दाहासंस्कार गर्ने महासचिव झाले जानकारी दिए ।
चौधरीको पार्थिव शरीरलाई अस्पतालमै पुगेर राजपा नेपालका नेताहरूले श्रद्धाञ्जलि दिनुका साथै परिवारजनलाई सहानुभूति दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजपा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्