मनमैजुमा बसभित्रै ११ वर्षीया २ बालिकामाथि बलात्कार

काठमाडौं । काठमाडौंको तारकेश्वर–१० मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् ।
आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन् ।
मनमैजु चोकमा घाइते अवस्थामा बालिका फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा बसभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुले सोमबार बिहान बालिकामाथि जबर्जस्ती करणीमा संलग्न रहेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राईलाई पक्राउ गरेको छ ।
वृत्तका डीएसपी बालनरसिंह राणाले पीडित बालिकाको उजुरीका आधारमा राईलाई पक्राउ गरेको बताए ।
‘बसका चालकले दुवै बालिकालाई घर लगी परिवारका साथ सकुशल राखेको तर सहचालकले बसभित्र लगेर बलात्कार गरेको देखिन्छ । थप अनुसन्धान हुँदै छ,’ बालाजु वृत्तका डीएसपी राणाले भने ।
उनले एक अर्की बालिकामाथि भने सहचालक राईले अनैतिक क्रियाकलाप मात्रै गरेको अनुसन्धानबाट खुलेको जनाए । प्रहरीले पीडित बालिकाको उजुरीपछि उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा एक जनामाथि मात्र करणी भएको देखिएको छ ।
काठमाडौंमै बालिका बसभित्रै बलात्कृत हुने अवस्था आएपछि सार्वजनिक सवारीसाधनमा हु्ने सुरक्षाका विषयमा समेत प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्