युवा संघद्वारा ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।
युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।
तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ञानेन्द्र शाही
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्