Techie IT
शनिबार, मंसीर १३,२०७७

माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ


काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे ।

शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #माछापोखरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545